चितवन विशेष
चितवनलाई आधार मानी अण्डाको मूल्य बढ्यो
०

चितवन, पुस १३-
नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । शुक्रवार संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानी आज (शनिबार)देखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
आजबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५ सय १४ रुपैयाँ पुगेको हो । यसअघि २७ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ तोकेको थियो ।
संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पु¥याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























