विचित्र संसार

बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले गरे दायाँ खुट्टाको शल्यक्रिया

Banner

काठमाडौं, पुस १२-

भारतको उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एक अस्पतालका हार्थोपेडिक विशेषज्ञको चरम लापरबाही बाहिर आएको छ ।

डाक्टरले वृद्धाको भाँचिएको खुट्टाको शल्यक्रिया गर्नुको सट्टा अर्को खुट्टाको शल्यक्रिया गरेका छन् । बिहीबार भुइँलादेवी नाम गरेकी वृद्धा बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन छक्क परे ।

किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो ।

भुइँलादेवीका छोरा सुरेश प्रजापतिकाअनुसार बायाँ खुट्टा भाँचिएको थियो तर, डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका थिए ।

परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएको भारतीय अखबार आजतकले जनाएको छ ।

अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही नभएको दाबी गरेको छ ।

अस्पताल सञ्चालक डा. आशुतोष श्रीवास्तवकाअनुसार बिरामीको बायाँ खुट्टाको हड्डी भाँचिएको थियो, जसको अप्रेसन गरिएको छ ।

दायाँ खुट्टामा रगत जमेका कारण त्यसलाई निकालिएको भन्दै उनले गलत उपचार भएको आरोपको खण्डन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>