चितवन विशेष

राष्ट्रिय मावि समीपुरको ३५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Banner

चितवन, पुस ११-

कालिका नगरपालिका–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय समीपुरले आफ्नो ३५औं वार्षिकोत्सव, अभिभावक दिवस एवं सम्मान कार्यक्रम भव्य समारोहका बीच सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वार्षिकोत्सव मूल आयोजक समिति संयोजक सोमवहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमलाई कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले उद्घाटन गरे । उनले विद्यालयको नाम अंकित व्यानर सहित बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा कालिका नगरपालिका उपप्रमुख विमला तामाङ विशिष्ट अतिथि रहेकी थिइन् । विद्यालयका सह–प्रधानाध्यापक सावित्री देवकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा कालिका नगरपालिका–१ का पूर्व अध्यक्ष लिलावहादुर गुरुङ, कालिका प्यावप्सनका अध्यक्ष होमबहादुर थापा, पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा नगर शिक्षा समिति सदस्य अमृत लामिछाने, चतुर्मुखी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरी, स्थानीय लालिगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, विद्यालको कक्षा १० मा अध्ययनरत छात्रा नितिशा अधिकारी, कक्षा ८ मा अध्ययरत छात्रा प्रसन्न पौडेल, समाजसेवी पवित्रा क्षेत्री लगायतले शैक्षिक क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको प्रगति विवरण तथा खर्च आम्दानी विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले सार्वजनिक गरे । कार्यक्रममा वार्षिक खेलकुद कार्यक्रम २०८१ को पुरस्कार वितरण समेत भएको थियो। जसमा गोल्ड ६ सिल्भर ५ ल्याई रातो सदनले रनिङसिल २०८१ उचाल्न सफल भएको थियो। यसैगरी वार्षिक परीक्षा २०८० को पुरस्कार वितरण पनि सोही कार्यक्रममा भएको थियो। यस्तै छात्रवृत्ति वितरण पनि सोही कार्यक्रममा भएको थियो।

कार्यक्रममा विद्यालय स्थापनाका लागि जग्गादान गर्ने प्रेमसागर सुवेदी, विद्यालय स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुनमाया थिङ, विद्यालयमा विद्यार्थीहरूको लागि स्थापना गरिएको स्वर्गीय सोर बहादुर अधिकारी स्मृति अक्षय कोष र स्वर्गीय ज्ञानकुमारी गुरुङ अक्षय कोष, यसैगरी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने रञ्जिता पौडेल भण्डारीलाई दोसल्ला सहित सम्मान गरिएको थियो।

वार्षिकोत्सवकै अवसरमा एसइई परीक्षा २०८० मा ३.२ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई साइकल उपहार प्रदान गरिएको थियो । यसरी नै २०८० को बीइई परीक्षामा ३.६ जिपिए भन्दा माथि ल्याउने सचिना पौडेललाई पनि साइकल प्रदान गरिएको थियो। माध्यमिक परीक्षा २०८० मा उत्कृष्टजीपीए ल्याएर साइकल पाउने विद्यार्थीहरू प्रतिक चालिसे (नगर प्रथम), किस्मत आचार्य (नगर द्वितीय)सहित सुस्मिता तामाङ, निर्जल सुवेदी, सरीच तामाङ, केमन गुरुङ,निशान पौडेल, दर्शन आचार्य, सलिना बिक सहभागी थिए ।

कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्णलाई दाताहरुलाई मायाको चिनो र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको सभापति सोमबहादुर खड्काको तर्फबाट विद्यालयलाई यो स्थानसम्म ल्याउन आफ्नो कार्यकाल अवधिभर साथ सहयोग पुर्‍याउनु हुने विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र जंग रायमाझी र विद्यालयको कर्मचारी ईश्वरी‌ प्रसाद चापागाईलाई दोसल्लासहित सम्मान गरिएको थियो।
कार्यक्रम मूल समारोह समितिको उपसंयोजक दिपेश बस्नेत रहेका थिए ।

कार्यक्रम आयोजनागर्न सहयोग गर्ने दाताहरुः
कालिका नगरपालिका रेडक्रसग्राम रु ७० हजार
कालिका नगरपालिका वडा नं १ कार्यालयबाट रु ३०,००० बराबरको खेलकुद सामग्री
रन्जिता पौडेल भण्डारी रु ६०,०००
रमेश जंग थापा दुई थान साइकल
खिमकुमारी खड्का रु १०,०००
धर्मेन्द्रजंग रायमाझी रु १०,०००
सपना परियार रु १०,०००
नारायण सुवेदी रु ८,०००
अनुज पन्त रु ७,५००
सुष्मा सापकोटा रु ७,५००
कृष्णबहादुर अधिकारी रु ७,५००
रिना गुरुङ रु ७,५००
सन्तोष गुप्ता रु ७,०००
लक्ष्मी थापा रु ७०००
रघुनाथ सापकोटा रु ५०००
समावेशी शिक्षा परियोजना रु ५०००
ईश्वरीप्रसाद चापागाईं रु २०००
विमोचन चापागाईंको स्मृतिमा विष्णुकुमारी तिमिल्सिना बाट रु २०००
विष्णु कडेल रु २००५
मिना सुवेदी रु १०५०
मानबहादुर योञ्जन रु १०५०

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>