चितवन विशेष

‘स्वीट क्लासिक २०२४ स्ट्रंगेस्ट इन चितवन’ प्रतियोगिता हुने

Banner

चितवन, पुस ११-

स्वीट स्ट्रेन्थ ट्रेनिङ सिस्टमको आयोजनामा चितवनमा पहिलो पटक स्वीट क्लासिक २०२४ स्ट्रंगेस्ट इन चितवन प्रतियोगिता हुने भएको छ । भरतपुरमा पुस १३ गतेदेखि हुने प्रतियोगितामा पुरुषतर्फ ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी मुनी, ८५ केजी भन्दा माथिको तौल समूह र महिलातर्फ ६० केजी मुनी र ६० केजी भन्दा माथि तौल समूह गरी ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिए ।

प्रतियोगितामा चितवनबाट अन्तर्राष्ट्रिय बडी बिल्डिङ्ग एशोसिएशन (आईएफबिबि)का निर्णायक बोध बहादुर खड्का, प्रशिक्षक तथा खेलाडी दिनेश कँडेल, काठमाण्डौंबाट प्रशिक्षकहरु सुरज डंगोल, सुरज सिंह राना निर्णायकको रुपमा रहने कार्यक्रमका सचिव रोहित गुरुङ्गले जानकारी दिए ।

प्रतियोगितामा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसहरुबाट २४ जना पुरुष र १४ जना महिला गरी ३८ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा प्रत्येक क्याटगोरीमा प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार नगद सहित मेडल, गिफ्ट ह्याम्बर प्रदान गरिने कोषाध्यक्ष मारिया गुरुङ्गले जानकारी दिइन् । त्यस्तै पुरुष र महिलातर्फका ओभरअल बिजेतालाई रु १०–१० हजार नगद प्रदान गरिने गुरुङ्गले बताइन् ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की आउने संस्थाका उप–सचिव सुधीर श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>