चितवन विशेष

भरतपुरको गोन्द्राङमा भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

Banner

चितवन, पुस ११-

भरतपुर महानगरपालिका–९ गोन्द्राङमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

बुधवार राति ९ः०५ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको बिआर ०६ पिएफ ०९२९ नम्बरको भारतीय नम्बर प्लेटको कारले सोहि दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००६ प ३९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ झुवानी बस्ने ३७ वर्षीय गंगाराम महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कार चालक भारतको बिहार बस्ने वर्ष २० को निरज कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>