चितवन विशेष
मेघौलीमा रैथाने खाना महोत्सव हुने
चितवन, पुस १०–
भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४को वार्षिकोत्सवको अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । पश्चिम चितवनको मेघौलीमा यही पुस १२ गतेदेखि १६ गतेसम्म रैथाने खाना महोत्सवको आयोजना गर्न लागिएको बुधबार(आज) मेघौलीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
महोत्सवको आयोजकमा भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समिति छन् । महोत्सवमा ५० वटा स्टल र १० वटा कुमाल, थारु, बोटे लगायतका जातिका परम्परागत शैलीका घरहरु रहनेछन् । यस महोत्सवले स्थानीय परिकार र सांस्कृतिक पहिचान प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई थप प्रेरित गर्ने लक्ष्य लिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । भ्रमण वर्षको निरन्तरता स्वरुप मेघौलीमा महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । भ्रमण वर्ष सफल भएको भन्दै मेयर दाहालले भरतपुरमा १० लाख आन्तरिक पर्यटक आएको उहाँले बताउनुभयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक चलायमान र भरतपुरका नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि यो महोत्वस फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले मेघौलीमा आएर यो कार्यक्रम गरेकोमा महानगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । थारु र कुमाल जातिको सांस्कृतिक नृत्यहरु पनि रहने छन् । महोत्सवमा थारु, दराई, कुमाल, मगरलगायत विभिन्न जातिका खानाका परिकार हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा खान पाइने उहाँले बताउनुभयो ।
चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमालले कालो सुँगुरको मासु र घरेलु मदिरा पनि बिक्रीका लागि राखिने दिनुभयो । घरेलु रक्सीले कानुनी मान्यता पाउनु पर्छ भन्ने पक्षमा आफूहरु रहेको उहाँले प्रष्ट पर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने महोत्सवमा दिनहुँ विभिन्न कलाकारहरुको बोजेड प्रस्तुती जानकारी दिइएको छ ।