चितवन विशेष
चितवनको विकट क्षेत्र किरानटारका चेपाङ विद्यार्थीलाई न्यायो कपडालगायतका सामाग्री वितरण
चितवन, पुस १०-
चितवनको पहाडी क्षेत्रहरु अझै पनि विकट छन् । ती क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका बालबालिकाहरु कठ्यांग्रिदो चिसोमा भोको पेट लिएर विद्यालय जान बाध्य छन् । यस्तो अवस्थालाई मध्यनजर गरी राप्ती नगरपालिकाको–१० किरानटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका करिव १७५ जना चेपाङ विद्यार्थीहरूलाई गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवन र एनिमल नेपाल भरतपुरले न्यानो कपडा र खेलकुद लगायतका सामाग्री वितरण गरेका छन् ।
विद्यार्थीहरुलाई ऊनीको टोपी, गलबन्दी, खेलकुद सामाग्री, खाद्यान्न सामाग्री (चामल, दाल, तरकारी) सहयोग गरिएको हो ।
राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय किरानटारका व्यवस्थापन समिति अध्यक्ष सन्दिपकुमार प्रजा, राप्ती–१० की दलित जनप्रतिनिधि कमला कुमारी सुनार लगायत सहभागी थिए । विद्यालयका प्रधानाध्यापक ज्ञामु गिरीले सहयोगी एवम् दाताहरूलाइ स्वागत गरिन् भने पूर्व शिक्षक एवम् निवर्तमान जनप्रतिनिधि इन्द्रबहादुर राइ, एनिमल नेपालकी प्रतिनिधि दिपा केसी, सहयोगीहरूमध्येबाट अमुल गोर्खाली लगायतले यस्ता किसिमका सहयोग आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनका सचिव रामचन्द्र आचार्यले गरेका थिए । कार्यक्रममा बिस्मिता पौडेल, अजय शाह, सिमरन श्रेष्ठ, रोशन रौनियार, सुरज शर्मा, विशाल सापकोटा, सागर श्रेष्ठले व्यवस्थापनमा सहयोग गरेका थिए ।
विद्यार्थीहरू संगै गरिएको सहभोजले बालबालिकाले दशै आएको जस्तो भएको अनुभव भएको सुनाए । विद्यालयमा पशु कल्याण सम्बन्धी फिल्म पनि देखाइएको थियो । जाडो समयमा न्यानो कपडा र अन्य सामाग्री वितरणले पूरै गाउँमा खुसीयाली छाएको शिक्षक किरण कुमारी मण्डलले बताइन् ।