चितवन विशेष
लापसे गरेर सवारी चलाउने पाँच जना चितवन प्रहरीको नियन्त्रणमा

चितवन, पुस ९-
चितवनमा लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार भरतपुर महानगरपालिक २ स्थित मुख्य राजमार्गमा सवारी साधन चेक गर्ने क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएपछि चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिसकेको छ । सो क्रममा लागुपदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालले जानकारी दिए । पक्राउ पर्नेमा तीन जना बोलेरो चालक रहेका छन् ।
लागुपदार्थ सेवन गरी सवारी चलाएको आरोप लाग्नेमा रत्ननगर नगरपालिका-९ स्थायी घर भएका बोलेरो चालक विपिन कुमाल, कावासोती नगरपालिका- १ का ट्रक चालक सुशिल पाण्डे, रुपन्देहीको सिहारी गाउँपालिका १ का बोलेरो चालक पल्टन कुईरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका -१० का बोलेरो चालक साजन श्रेष्ठ र भरतपुर -२४ का योद्धा चालक रणु बम्जन रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनले तीन दिनको म्याद दिएको छ ।