चितवन विशेष

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा चितवनका गौतम विजयी

Banner

चितवन, पुस ९-

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा माडी जेसिजका निवर्तमान अध्यक्ष सुवास गौतम विजयी भएका छन् । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिज वर्ष २०२५ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा गौतम विजयी भएका हुन् ।

गौतमले ८१८ मत प्राप्त गरी निर्वाचित भए । माडी नगरपालिका–७ निवासी गौतम माडी जेसिजको वर्ष २०२३ का अध्यक्ष तथा वर्ष २०२१ को कोषाध्यक्षका रुपमा काम गरेका थिए। राष्ट्रिय उपाध्यक्षका लागि गौतमसंगै देशैभरका १८ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए, त्यसमध्ये १२ जना निर्वाचित भएका हुन् ।

जेसिज निर्वाचनबाट राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । उनी मनोहराकी हुन् । त्यस्तै, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा चितवनकै गीतानगर जेसिजका कृष्ण सापकोटा विजयी भए । राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सापकोटासहित देवचुलीका गणेश सापकोटा, थानकोटकी एलिना महर्जन र बागलुङका सौरभ श्रेष्ठ विजयी भए ।

जेसिज १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>