चितवन विशेष

देवघाटमा ढकाल समाजको राष्ट्रिय भेला सुरु

Banner

चितवन, पुस ५-

देवघाटधाममा नेपालका ढकालहरुको राष्ट्रिय भेला सुरु भएको छ । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा देवघाटको महेश सन्यास आश्रममा शुक्रवारबाट भेला सुरु भएको हो । देशभर रहेका उपमन्यु गोत्रिय ढकालहरुलाई एकताबद्ध गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो । भेलामा ६५ जिल्लाबाट सहभागी भएका छन् ।

राष्ट्रिय भेला शनिवारसम्म चल्ने भेलाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालले गरेका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यमराज ढकालको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय भेलामा प्रतिष्ठानले प्रकाशन गरेका महर्षि उपमन्यु ऋषिको ढकाल एक अध्ययन पुस्तक र ढकाल सन्देश मुखपत्र लोकापर्ण गरिएको छ ।

देवघाट गाँउपालिका वडा नम्बर पाँचमा ६ रोपनी दुई आना जग्गा खरिद गरेको छ । सो जग्गामा केन्द्रीय स्तरको कुलमन्दिर, अनुसन्धान केन्द्र आश्रम बनाउने योजना रहेको प्रतिष्ठान सचिवालय सदस्य तारापति ढकाले जानकारी दिनुभयो । भेलामा महासचिवले दामोदर ढकालले प्रतिवेदन पेश गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>