चितवन विशेष

सप्तगण्डकी क्याम्पसका ३०० बढी विद्यार्थी सम्मानित

Banner

चितवन, पुस ५-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका ३०० बढी विद्यार्थी सम्मानित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा विभिन्न संकायमा सर्वोत्कृष्ट अंक ल्याएर उतीर्ण भएका ३१९ जना विद्यार्थीलाई क्याम्पसले सम्मान गरेको हो ।
सम्मानित हुनेमा बीबीएसमा १२१, बीआईएममा २६, बीबीएमा २९, बीएस्सीमा ३५, बीएमा २८, बीएडमा ४३ र बीसीएमा २७ जना रहेका छन् । विद्यार्थीहरुलाई क्याम्पस प्रमुख खिमलाल दाहाल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष शिक्षविद्ध रमाकान्त सापकोटा र पूर्वक्याम्पस प्रमुख मणिराज महतोले अबिर, खादा र उपहारसहित सम्मान गरेका हुन् ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख केदारनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्नातकोत्तर कार्यक्रम इन्चार्ज कृष्णप्रसाद ज्ञवालीले स्नातकोत्तरमा सञ्चालित विभिन्न कार्यक्रमको बारेमा र अर्का सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संकायका कार्यक्रम प्रमुख, प्राध्यापकहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>