चितवन विशेष

सवारी दुर्घटनाबाट गम्भिर घाइते एमाले चितवनका कार्यालय प्रमुख सहयोगी बर्तौलाको मृत्यु

Banner

चितवन, पुस ५-

सवारी दुर्घटनामा परेर गम्भिर घाइते भएका नेकपा (एमाले) चितवनका कार्यालयमा प्रमुख सहयोगिको रुपमा कार्यरत रामचन्द्र बर्तौलाको मत्यु भएको छ । सवारी दुर्घटनामा परि घाईते भई उपचारत बर्तौलाको आज दिउँसो न्युरो अस्पताल बासबारीमा मृत्यु भएको हो ।

नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकका अनुसार चार दिन अगाडि रिजालचोक नजिक सवारी दुर्घटनामा परी उहाँ गम्भिर घाइते हुनुभएको थियो । उहाँलाई चितवन मेडिकल कलेजबाट थप उपचारका लागि काठमाण्डौँ लागिएको थियो । उहाँ नेकपा एमालेको संगठित सदस्य समेत हुनुहुन्थ्यो ।

उहाँको निधनले सिङ्गो पार्टी पङ्ति स्तब्ध र मर्माहत भएको अध्यक्ष पाठकले बताउनुभयो । बर्तौलाको शव भोलि बिहान १० बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीका लागि राखेर देवघाट लगिने उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>