चितवन विशेष
नारायणगढ लेडी जेसीजले गर्यो चेपाङ समुदायका बालबालिकाहरुलाई खाद्यान्न सहयोग

चितवन, पुस ३-
नारायणगढ लेडी जेसीजले सिमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । गाँमबेशी चेपाङ संरक्षण केन्द्रमा रहेका चेपाङ विद्यार्थीको लागी विहिवार जेसीज लेडी जेसिजले खाद्यान्न सहयोग गरेको हो ।
सामाजिक काममा सक्रिय नारायणगढ लेडी जेसीजको टोलीले चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सामाग्री हस्तान्तरण गरेका थिए ।
नारायणगढ लेडि जेसीज २०२४ की अध्यक्ष हिमा श्रेष्ठले विपन्न बालबालिकामा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रमुख अतिथि नारायणगढ लेडी श्रेष्ठकी पूर्व अध्यक्ष रमाश्रेष्ठले जेसिजले परोपकारी काम गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा नारायणगढ लेडी जेसीजकी महासचिव एलिना श्रेष्ठ , तालिम आयुक्त अस्मिता तिमिल्सिना , निर्देशक रन्जु घिमिरे, दुर्गा शर्मा लगाएत केन्द्रमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।