समाचार
सप्तरीमा अर्नाको आक्रमणबाट एक किसानको मृत्यु
०

जनकपुरधाम, पुस ४-
सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।
कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–९ का शुभेलाल मण्डलको मृत्यु भएको हो ।
बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























