चितवन विशेष
माडीमा चरनमा राखेका मौरीमा आगजनी
चितवन, पुस ३-
चितवनको माडीमा किसानले चरनका लागि राखेका मौरीका घारमा तोडफोड र आगजनी गरिएको छ । माडी नगरपालिका ६, स्याउलीबासस्थित मिराकल गार्डेन प्रा.लि.ले माडीको सिधुवा गाउँको तोरीबारी फाँटमा चरनका लागि राखेको मौरीको घारमा गएराती तोडफोड र आगजनी गरिएको हो ।
चरनका लागि १५ घार सुपर सहित २९ गोला मौरी सो स्थानमा राखिएकोमा सबैजसो गोलाहरुमा तोडफोड र केही घारमा आगजनी गरिएको मौरीपालक कृषक दामोदर देवकोटाले जानकारी दिए। मौरीले टोकेको भन्दै स्थानीय एक पुरुषले मंगलबार साँझ घारहरु तोडफोड गरी आजगनी गरेको उनको भनाई छ । तर, उनले तोडफोड गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेका छैनन् । उनका अनुसार तोडफोड र आगजनीबाट ५ लाख रुपैयाँ बराबरको क्षती भएको छ । उनले मंगलबार दिउँसो मह झिकेको थिए ।
यसैविच नेपाल मौरीपालक महासंघले घटनाको विरोध गरेको छ । आज महासंघका अध्क्षय शुभाष चन्द्र घिमिरेले एक विज्ञप्ती जारी गर्दै घट्नाको भत्सना गरेका हुन् । उनले दुषित मानसिकता धारी अपराधीको पहिचान गरी कडाभन्दा कडा सजाय दिन माग गरेका छन् । साथै त्यहाँ भएको क्षतीको उचित मुल्यांकन गरी किसानलाई क्षतीपूर्ति दिनसमेत घिमिरेले माग गरेका छन् ।