चितवन विशेष

भरतपुरमा योद्धा गाडीको ठक्करबाट साइकल चालक गम्भीर घाइते

Banner

चितवन, पुस २-

भरतपुर महानगरपालिका–१० रिजाल चोकमा योद्धा गाडीको ठक्करबाट साइकल चालक गम्भीर घाइते भएका छन् । सोमवार दिउँसो २ः२५ बजेको समयमा चौविसकोठीबाट गोन्द्राङतर्फ जाँदै गरेको ना ४ च ९०६० नम्बरको गाडीले भरतपुर–१० बस्ने ६७ वर्षीय साइकल चाकल रामचन्द्र बर्तौलालाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका बर्ताैलाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको टाउकोमा चोट लागेको छ ।

गाडी र गाडी चालक कास्की रुपाकोट नगरपालिका–४ बस्ने वर्ष ३० को अनिष विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>