चितवन विशेष

चितवनमा लक्जरी इलेक्ट्रिक गाडी ‘जिकर’ सार्वजनिक, दुई ग्राहकलाई गाडी हस्तान्तरण

Banner

चितवन, मंसिर ३०–

लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड ‘जिकर’ चितवनमा सार्वजनिक गरिएको छ । चितवनका लागि आधिकारिक डिलर, युनाइटेड अटो कन्सर्नले भरतपुरमा भव्य समारोहसहित अत्याधुनिक स्मार्ट प्रविधिले सम्पन्न प्रिमियम डिजाइनको जिकर एक्सको सार्वजनिक गरेको हो ।

जिकर, चीनको गिलि होल्डिङ ग्रुपअन्तर्गत लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड हो । जिकर, ग्राहककेन्द्रित दृष्टिकोणमा अत्याधुनिक प्रविधिको उपयोग गर्दै यातायातको दिगो भविष्य डोहोर्‍याउन प्रतिबद्ध रहेको कम्पनी हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष समुन कुमार श्रेष्ठले उक्त जिकर ब्राण्ड सार्वजनिक गरेका हुन् ।

युनाइटेड अटोकन्सर्नका प्रबन्ध निर्देशक प्रवीण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरे, उपाध्यक्ष गोपाल गैरे, चितवन रिकण्डिशन एशोसियसनका अध्यक्ष दीपक खड्का, पायोनियर मोटो कर्पका महाप्रबन्धक ज्ञानेन्द्र चन्द र वरिष्ठ प्रबन्धक आशिष दाहाललगायतको उपस्थिति रहेको थियो ।

जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम–आयन ब्याट्रीसहित रियर व्हीलमा २०० किलोवाट (२७२ हर्स पावर) र ३४३ न्युटन मिटरको इलेक्ट्रिक मोटर रहेको छ । जिकरएक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्टकपपिट’ को पनि सुविधा रहेको छ । जसमा १४.६ इन्चको एचडि टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडि इन्स्ट्रुमेन्टप्यानल सहित २४.३ इन्चको ‘अगमेन्टेडरियालिटि हेड–हप डिस्प्ले’ समावेश रहेको छ।

अगमेन्टेडरियालिटि हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडीकोसिसा) मा नै ग्राफिक्सप्रोजेक्ट हुन्छ। यसबाट सुरक्षित ड्राइभिङका लागि गाडी को गतिलगायत विभिन्न सूचना, एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशनहरू सजिलै अगाडीको अबजेक्ट भ्युमानै ड्राइभरले देख्न सक्ने गरी प्रोजेक्टेड हुन्छ।

‘युनाइटेड अटो कन्सर्नका महाप्रबन्धक सञ्जीव अधिकारीका अनुसार, “शक्तिशाली पर्फमेन्स र अत्याधुनिक सुविधासहित इलेक्ट्रिक एसयुभि सेगमेन्टमा चर्चित प्रतिस्पर्धी ब्रान्डको रूपमा स्थापित जिकरको जिकर एक्स स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट पायोनियर मोटो कर्प ले नाडा अटो सो २०२४ मा सार्वजनिक गरेको थियो ।

सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर (एसइए) मा निर्मित जिकर एक्सले उत्कृष्ट मिश्रणको मटेरियल प्रयोग गर्दछ जस मध्ये ७३५ ‘हाइ-स्ट्रेन्थस्टिल’को प्रयोग भएको छ।यसले गाडीको तौल घटाउँदै उच्चतम स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ । जिकर एक्समा ‘भोल्भो इएक्स–थर्टि’ मा प्रयोग भएकै प्लेटफर्म प्रयोग गरिएको हुँदा आरामदायी ड्राइभिङ अनुभव र उच्चतम सुरक्षा प्राप्त हुन्छ ।’ यसैबीच सोही समारोहमा गाडी खरिद गरेका दुई जना ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>