चितवन विशेष
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले संगठन विस्तारलाई तीव्र बनाउने
चितवन, मंसिर २९-
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको पूर्ण जिल्ला समिति बैठकले संगठन निर्माण र विस्तारमा तीव्रता दिने निर्णय गरेको छ । सो अनुसार संगठन विस्तार अभियानलाई पुनः सुरु गर्दै चितवनका स्थगित वडाहरूको अधिवेशन यही पुष ६ गते शनिबारबाट प्रारम्भ गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सचिव विशाल कोइरालाका अनुसार आगामी एक महिनाभित्र सबै वडाहरूको अधिवेशन सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको बताए ।
भरतपुरको बसेनीस्थित सचिवालयमा शुक्रबार सम्पन्न उक्त बैठक सभापति कृष्ण प्रसाद भुसालको संयोजकत्वमा भएको थियो । बैठकले एकराज बुर्लाकोटीलाई सर्वसम्मतिबाट जिल्ला कोषाध्यक्षमा समेत मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै संगठनलाई बलियो बनाउँदै पार्टीलाई आगामी दिनमा अझ सशक्त बनाउन रणनीतिहरू बठमा तय गरिएको कोइरालाले बताए । बैठकमा संगठन सुदृढीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न योजना अघि बढेका छन ।
बैठकमा केन्द्रीय सदस्य राजन गौतमसहित केन्द्रीय र प्रदेश प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।