राजनीति

रवि लामिछानेसँग भोलिबाट पर्सा प्रहरीले लिनेछ बयान

Banner

वीरगञ्ज, मंसिर २४-

सहकारी ठगीमा संलग्न रहेको आरोपमा ५२ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍याएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, लामिछानेमाथि मंगलबारदेखि बयान सुरु हुनेछ । यही मामिलामा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि अहिले पर्सामा छन् । विभिन्न व्यक्तिका नाममा ऋण लिएर सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ । अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।
मुख्य आरोपी जिबी राई भने हालसम्म फरार छन् । वीरगञ्जको सानो पाइलामा बचतकर्ताको रकम अनियमितता भएको विषयमा पहिल्यै अदालतमा मुद्दा पुगिसकेको थियो । यद्यपि, फेरि अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले फाइल खोलेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>