राजनीति

मलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयोः प्रधानमन्त्री ओली

Banner

काठमाडौँ, मंसिर २४-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्‍नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् ।

विगत चार पाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए । नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो । ‘४.५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछन्’- ओलीले भने ।

अनैतिक ढंगले एउटा व्यक्तिलाई कुर्सीमा बसाइदिएर जनता फेरि रैति हुन नसक्ने पनि ओलीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>