राजनीति

स्याङ्जाकी सुनिता गण्डकीको सांसद बन्दै

Banner

पोखरा,मंसिर २४-

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन्। गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी र जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन्। निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी र जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्ने भएकी हुन्।

उनको नाममा आज बसेको कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ। सांसद गौचनको गत २८ कार्तिकमा निधन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>