देश/प्रदेश
त्रिशूलीमा खसेको ग्यास बुलेटबाट ग्यास लिक
०
काठमाडौं, मंसिर २३-
आज (आइतबार) बिहान ८ बजे भारतबाट काठमाडौं आउँदै गरेको एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेट धादिङको कृष्णभिरमा खसेको छ ।
सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको उक्त ग्यास बुलेट त्रिशूलीमा पुगेको छ।माथिल्लो भाग त्रिशूलीमा तैरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रवक्ता इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार ग्यास बुलेटको माथिल्लो भाग गाडीबाट छुटेर त्रिशूलीमा पुगेर लिकेज भइरहेको छ।
लिकेज भएको भाग बढाएर बढी मात्रामा लिकेज गरी बुलेट नदीबाहिर ल्याउने तयारी भएको पनि इन्स्पेक्टर सिलवालले जानकारी दिए। त्यसका लागि चितवनबाट प्राविधिकहरू कृष्णभिर जाँलैछन्।
ग्यास बुलेटका चालक र सहचालक भने सम्पर्कबिहीन छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>