देश/प्रदेश

रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न सांसद भण्डारीको आग्रह

Banner

काठमाडौँ, मंसिर २३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न आग्रह गरेकी छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूहरूले अनुसन्धान गर्नुहुँदैन नभनेको भन्दै विनाकारण हिरासतमा नराख्न आग्रह गरेकी हुन् ।

सांसद भण्डारीले लामिछानेलाई राति सुतेको बेला मध्यरातमा चितवनबाट पोखरा लगिएको भन्दै त्यसको विरोध पनि गरिन् । ‘ब्लडप्रेरेशर भएका बेलमा चितवनबाट पोखरा किन लगियो थाहा पाउनुपर्छ,’ उनले भनिन्,‘यो संविधान र मानवअधिकारको उलंंघन हो ।’

सांसद भण्डारीले कसैको ज्यान जोखिममा पार्ने अधिकार कसैसँग नभएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>