देश/प्रदेश
आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला
०

नुवाकोट, मंसिर २३-
नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं। १ भाल्चे गाउँको नुचेतमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा आमासहित दुई नाबालक छोरा मृत फेला परेका हुन् ।
आज बिहान ९ बजे २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा परेका हुन्। उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























