राजनीति

वामपन्थीहरू एक भए देश विकास हुन्छः महासचिव गुरुङ

Banner

लमजुङ, मङ्सिर २२-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक नभएसम्म देश बन्न नसक्ने बताउनुभएको छ ।

आज जिल्लाको दूधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

सबै दल एकजुट हुन सके राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिरता र स्थायित्व सम्भव रहेको भन्दै महासचिव गुरुङले आफ्नो पार्टी देश र जनताको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले अघि बढाएका विकास योजना सरकार परिवर्तन भएसँगै बाँकी रहेका उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>