देश/प्रदेश

‘उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ’

Banner

काठमाडौँ, मंसिर २२-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताउनुभयो ।

यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>