देश/प्रदेश

विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ

Banner

काठमाडौँ, मंसिर २२-

काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आज (शनिबार) बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको आईक्यू एयर सूचकाङ्क १७८ रहेको छ ।

यहाँ पीएम२.५ को अवस्था ९४.५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मानेको छ । सबैभन्दा धेरै प्रदूषण भएका क्षेत्रहरूमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत रहेका छन् ।

विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ । चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>