देश/प्रदेश

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

Banner

काठमाडौं, मंसिर २२-

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>