राजनीति

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री आचार्य

Banner

लुम्बिनी, मङ्सिर २०-

मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

‘प्रदेशस्तरीय खाद्यसुरक्षा तथा बहुक्षेत्रीय पोषण’ विषयक अनुभव तथा सिकाइ आदानप्रदान कार्यक्रमलाई आज प्रदेश राजधानीस्थित राप्ती उपत्यकाको देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न विशेष कार्यक्रम लागू गरिएको बताउनुभयो । “प्रदेशमा कुपोषण प्रमुख स्वास्थ्य समस्याका रुपमा देखापरेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “मातृशिशु मृत्युदरलाई घटाउछौँ । पोषणको अवस्थालाई सुधार गर्छौं । बालमृत्युदर घटाउछौँ ।”

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागू गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्तअल्पताजस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागू गरेको बताउनुभयो । यसबाट नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

तथ्याङ्कगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी विशेष कार्यक्रम लागू गरिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो । विभिन्न बहानामा अझै पनि बालबिवाह हुने गरेको, यसले मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या देखापरेकाले यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११बुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा प्रदेशस्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्नेलगायत माग समेटिएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>