अन्तर्राष्ट्रिय

प्रहरीले ट्याल्कम पाउडरलाई कोकिन ठानेपछि…

Banner

ब्यूनस आयर्स, मंसिर १९-

अर्जेन्टिनामा एक जना पुरुष आफूले गर्दै नगरेको गल्तीका लागि जेल परेका छन् । ट्याल्कम पाउडरको १८ वटा बट्टालाई प्रहरीले कोकिन ठानेपछि ती पुरुष २१ दिनसम्म जेलमा परे ।

यो घटना अक्टोबरको सुरुको हो । म्याक्सिमिलियानो आकोष्टा नाम गरेका ती पुरुष राजधानी ब्यूनस आयर्स जान भनेर मेन्दोजाबाट बस चढेका थिए । केही बेरपछि बस ला पाजमा नियमित चेकजाँचका लागि रोकियो ।

यात्रुहरूको झोला तुम्बा चेकजाँच गर्ने क्रममा अकोष्टाको झोलामा सेतो धुलो भएको १८ वटा बट्टा भेटियो । सेनाले उनीसँग सोधपुछ गर्न थाले । बट्टामा व्यक्तिगत प्रयोगका लागि ट्याल्कम पाउडर राखिएको छ भनेर उनले बारम्बार भन्दा पनि लागू औषध कोकिन बोकेको भन्दै सेनाले उनलाई समात्यो । त्यसपछि उनलाई हिरासतमा राखियो ।

अक्टोबर २ मा एउटा विज्ञप्तिमा भने सेनाले २ किलो ४४४ ग्रामको कोकिन फेला पारेको भनेर भनेको थियो । धुलोलाई ल्याबमा परीक्षणका लागि पठाइयो ।

अकोष्टाले बोकेको वस्तु कोकिन नभएर ट्याल्कम पाउडर भएको थाहा भयो । यसबिचमा उनले २१ दिन जेलमा बिताइसकेका थिए । आफूहरूले झुक्किएर अकोष्टालाई समातेको सेनाका एक प्रवक्ताले भनेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>