अन्तर्राष्ट्रिय

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैनः राष्ट्रपति पेजेस्कियन

Banner

अमेरिका, भदौ २७-

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाले इरानीहरूलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले जीविकोपार्जनमा समस्या र सुविधाहरूको अभावको अवस्था सिर्जना गरी उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाउन खोजिरहेको उल्लेख गर्दै इरानी जनताले आत्मसमर्पण नगर्ने विषयमा जोड दिनुभएको छ । इरानको इरना समाचार एजेन्सीका अनुसार पेजेस्कियनले नयाँ दिल्लीमा भारतीय धार्मिक नेताहरू, तथा व्यापारीहरूसँगको बैठकमा यस्तो बताउनुभएको हो ।

इरान विरुद्धको अमेरिकी नौसैनिक नाकाकन्दी र आर्थिक युद्धको निन्दा गर्दै उहाँले भन्नु भयो “वासिङ्टन इरानलाई स्वतन्त्र देश बनाउन चाहँदैन, तर हामी यसको बदमाशीको अगाडि झुक्ने छैनौँ । ”

इरानले लामो समय देखि अमेरिकी नौ– सैनिक नाकाबन्दीको सामाना गर्दै आइरहेकोमा हालसालै वाशिंगटन द्वारा घोषित आर्थिक दवावपूर्ण कारबाहिको एक अभूतपूर्व अवस्था भोगिरहेको छ ।

गत महिना, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलगायत इरानसँग आर्थिक कारेबार गर्ने कुनै पनि देश विरुद्ध “अहिलेसम्मको सबैभन्दा क्रूर आर्थिक कारबाही” को घोषणा गर्नु भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>