स्वास्थ्य

महाभारतमा बृहत् स्वास्थ्य शिविर

Banner

काभ्रेपलाञ्चोक, मंसिर १९-

जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकामा मङ्गलबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा उक्त गाउँपालिकाको वडा नम्बर ६ बनखुचौरमा आयोजित शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन सङ्घमा आबद्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिरहेका छन् ।

शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो ।

शिविरको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाटन गर्दै दुई थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउण्ड मेसिन, डेलिभरी सेटसहित रु ११ लाखबराबरको स्वास्थ्य उपकरण र रु तीन लाख बराबरका औषधि हस्तान्तरण गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>