राजनीति

कीर्तिपुर मतगणनाः कांग्रेस निरन्तर अगाडी

Banner

काठमाडौं, मंसिर १७-

कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । १० वटा वडा रहेको नगरपालिकामा सात वटा वडा (१ देखि ७ नम्बर वडा)को मतगणना भइसकेको छ । अब तीन वटा (८, ९ र १०) वडाको मात्र मत गन्न बाँकी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार सम्भवतः आजै राति १० देखि ११ बजेसम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने छ । पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा डंगोल ६५९ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा।डा। शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।

केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>