राजनीति

रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा कांग्रेस विजयी

Banner

रोल्पा,मंसिर १६-

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित भएका छन् । उनले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।

यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । त्यो चुनावमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ४८० मत ल्याएका थिए भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>