राजनीति

महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेको सुरुवाती अग्रता

Banner

जनकपुरधाम,मंसिर १६-

महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएको छ । तीन सय मत गणना गर्दा नेकपा एमालेका सकिवुल खाले १३२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आरतीदेवी यादव ९७ र नेपाली कांग्रेसका मोहम्मद जनिफ खाले ४८ मत पाएका हुन् ।

उपनिर्वाचनमा कुल मतदातामध्ये १ हजार ५१४ (७०.७१) मत खसेको हो । वडाध्यक्ष मुकेश यादवको दुर्घटनामा मृत्यू भएपछि सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>