राजनीति

रोल्पाको रून्टीगढी ४ मा कांग्रेसका उम्मेदवार निर्वाचित

Banner

रोल्पा,मंसिर १६-

रोल्पाको रून्टीगढी गाउँपालिका ४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार कांग्रेसका मगरले ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाएको प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरले जानकारी दिए।  यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>