राजनीति

९ महिनामै सरकार छाड्नुपर्दा कीर्तिपुर गरेको चुनावी वाचा पूरा गर्न सकिनँः प्रचण्ड

Banner

काठमाडौँ, मंसिर १३-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नौ महिनामै सरकार छाड्नुपर्दा चुनावी वाचा पूरा गर्न नसकेको बताएका छन्।

स्थानीय तह उपनिर्वाचनमा माअ‍ोवादी केन्द्रबाट उम्मेदवार बनेका शिवशरण महर्जनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरको सभा देखेर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको झल्को आएको पनि बताए। त्यस चुनावमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष रहेका प्रचण्ड काठमाडौं–१० र रोल्पा दुईबाट चुनाव जितेका थिए। पछि रोल्पा–२ छाडेर काठमाडौं–१०लाई कायम राखेका उनी पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए। तर सेनापति विवादका कारण उनले नौ महिनामै राजीनामा दिएका थिए। २०७० दोस्रो संविधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए।

‘मैले पहिलोपटक प्रधानमन्त्री हुँदा, तपाईं कीर्तिपुरवासीकै जनप्रतिनिधि हुँदै गर्दा मलाई लागेको थियो, मैले पाँच वर्ष नै सरकार चलाउन पाउँछु भन्ने लागेको थियो। र, मैले कीर्तिपुरवासी जनताका अगाडि गरेको प्रतिबद्धता पाँच वर्षमा पूरा गर्छु भन्ने थियो। तर नौ महिनामा नै सरकार छाड्नुपर्ने षड्यन्त्रहरू भए। म कीर्तिपुर जनतावासीप्रति अझै ऋणी छु भन्ने मलाई लाग्छ। अब त्यो ऋण तिर्ने अभियान कीर्तिपुर नगरपालिकाको निर्वाचनकोसँगै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>