देश/प्रदेश

काठमाडौं महानगरले बनाउने स्टेडियमको उपप्रमुख डंगोलले गरिन् शिलान्यास

Banner

काठमाडौं, मंसिर १३-

सानो गौचरनमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको स्टेडियमको महानगरकी उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छिन् । उपप्रमुख डंगोलले शिलान्यास गरेर आजबाट स्टेडियमको पुनःनिर्माणको कामको थालनी गरिएको हो ।

स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख डंगोलले भनिन्, ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।’ विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन्।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>