राजनीति

अध्यक्ष ओली र महासचिव पोखरेललाई गाली गरेपछि निलम्बनमा परे एमाले सांसद

Banner

बुटवल, मंसिर ११-

नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । एमाले नेता तथा सांसद चौधरीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सामाजिक सञ्जालमा गालीगलौज गरेपछि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अध्यक्ष, महासचिव र पार्टीका सबै नेताहरूलाई सामाजिक सञ्जालमा गाली गरेको हुनाले पार्टीको विधान बमोजिम चौधरीलाई निलम्बन गरिएको जानकारी दिए । चौधरी एमाले पूर्व प्रदेश उपसचिव तथा बाँके क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसायका साथ गालीगलौजमा उत्रिएको एमालेले जनाएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्ध समाचार लेखाउने जस्ता गतिविधि गरेको निलम्बन पत्रमा उल्लेख गरिएको छ । एमालेले चौधरीसँग स्पष्टीकरण पनि सोधेको थियो। तर, चौधरीले कमीकमजोरी स्वीकार्नुको साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको गुरुङले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>