अन्तर्राष्ट्रिय

लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो

Banner

लाओस्, मंसिर ७-

लाओसमा मिथानोल विषाक्तताका मर्ने पर्यटकको सङ्ख्या ५ पुगेको छ । शुक्रवार दोस्री अस्ट्रेलियाली किशोरीको पनि मृत्यु भएको छ । लाओसमा विषाक्त रक्सी सेवनका कारण यी मृत्युहरू भएका हुन् ।

उनको मृत्युको पुष्टि गर्दै १९ वर्षीय होली बावल्सको परिवारले आफूहरू अति नै दुःखित भएको बताएका छन् । लाओसको पर्यटकीय शहर भाङ भेइङ्गमा उनी बिरामी परेको एक हप्ताभन्दा धेरै भइसकेको थियो ।

बावल्सको साथी १९ वर्षकी बायन्का जोन्स, २८ वर्षीय बेलायती वकिल सिमाने ह्वाइटको पनि विषालु रक्सी पिएकै कारण बिहीबार मृत्यु भएको थियो । मर्नेमा १९ वर्षको नाम नखुलेका अमेरिकी र २० वर्षकी डेनिश महिला पनि छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>