अन्तर्राष्ट्रिय
वायु प्रदूषणका कारण भारतमा विद्यालय बन्द
०

भारत, मंसिर ६-
भारतको राजधानी नयाँ दिल्ली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनमार्फत शिक्षा दिन सुरु गरिएको हो ।
केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएको छ ।
सहरका दुई ठूला विश्वविद्यालयले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षा अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























