अन्तर्राष्ट्रिय

पाकिस्तानमा पुनः आत्मघाती हमला, १० सैनिकको मृत्यु

Banner

इस्लामवाद, मंसिर ५-

पाकिस्तानमा लगातार आतङ्कवादी घटनाहरू भइरहेका छन् । पछिल्लो आत्मघाती हमलामा पाकिस्तानी सेनाका १० सैनिकको मृत्यु भएको खबर आएको छ । एक जना आतङ्कवादीले सेनाको चेक पोस्ट नजिकै विस्फोटक पदार्थ राखेको गाडीलाई विस्फोट गराएको भनिएको छ । एक दिन अघि सोही क्षेत्रमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो ।

सञ्चार माध्यममा छापिएको खबरका अनुसार पाकिस्तानको उत्तर पश्चिमी सीमामा रहेको खैबर पख्तुनख्वा प्रान्तको बन्नुमा रहेको सेनाको चेकपोष्ट नजिकै एक आतङ्कवादीले आफ्नो विस्फोटक पदार्थले भरिएको गाडीलाई विस्फोट गराएका थिए । यस क्रममा १० सैनिकको मृत्यु भएको थियो ।

आत्मघाती हमलापछि अन्य आतङ्ककारीहरूले पनि भने चेक पोस्टमा गोली हानेका थिए । यस क्रममा अरू सात जना घाइते भएका छन् । प्रहरीका अनुसार आत्मघाती विस्फोटबाट माली खेल चौकीमा कयौँ सैनिक सवारी साधनमा ठुलो क्षति पुगेको छ । यस आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर सशस्त्र समूहले लिएको छ ।

एक दिनअघि पनि आक्रमण भएको थियो

एक दिन अघि खैबर पख्तुनख्वा प्रान्तमा अर्को आतङ्कवादी हमलामा पाकिस्तानी सेनाका आठ सैनिकको मृत्यु भएको थियो । यस भिडन्तमा आतङ्कवादी र सैनिकहरूबीच केही घण्टासम्म गोली हानाहान भएको थियो, जसमा नौ आतङ्कवादी र आठ सैनिकको मृत्यु भएको थियो ।

यस हमलाको जिम्मा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) आतङ्कवादी समूहले लिएको थियो ।सेनाले आफ्ना लडाकुहरूलाई निशाना बनाएर आक्रमण गरेपछि सोको जवाफमा यो आक्रमण गरेको टीटीपीले भनेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>