राजनीति

यो सरकार उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुनुपर्ने कारण छैनः प्रचण्ड

Banner

काठमाडौं, मंसिर १-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको अझै रहेको बताएका छन् ।

माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने क्रममा आफ्नो पार्टीसँग ३२ सीटको अझै म्याजिक नम्बर नै रहेको दाबी गर्दै उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु गर्‍यौं, हामीसँग संख्या थिएन । यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादूको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरु अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>