अन्तर्राष्ट्रिय

भारतको अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु, ३७ जना घाइते

Banner

काठमाडौँ, मंसिर १- 
भारतीय राज्य उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जना नवजात शिशुको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार राति भीषण आगलागी भएको हो।

जसमा परी १० शिशुको मृत्यु भएको हो। साथै ३७ शिशु घाइते भएका छन्। आगलागीको कारण विद्युत् सर्ट भनिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले झाँसी प्रहरीलाई घटनाको अनुसन्धान गरी १२ घन्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>