राजनीति

एमालेले मंसिर ७ गते काठमाडौँमा आमसभा गर्ने

Banner

काठमाडौँ, कात्तिक २८-

सत्तारुढ नेकपा (एमाले)ले आमसभा गर्ने भएको छ। बुधबार बसेको एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले मंसिर ७ गते जागरण सभा आयोजना गर्ने निर्णय गरेको हो।

महासचिव शंकर पोरखेलको उपस्थितिमा बसेको बैठकले आमसभा आयोजना गर्न बागमती प्रदेशको इन्चार्ज डा। राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको हो।

काठमाडौँमा हुने सभाको एमालेका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गर्ने छन्। आमसभाको उदेश्यबारे विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको यो जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्देश्य लिएको छ।’

सरकारको नेतृत्वमा पुगेपछि एमालेले पहिलोपटक आमासभा आयोजना गर्न लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>