राजनीति

दुई उपसभापतिलाई रविले भने- आफुमाथी राजनीतिक प्रतिशोध राखियो

Banner

काठमाडौं, कात्तिक २६-

सहकारी ठगीको आरोपमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए । उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए । प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए ।

उपसभापति अर्यालले राजनीतिक प्रतिशोध हो कि होइन भन्ने कुरा सर्वसाधारणलाई बुझाउन आग्रह गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>