देश/प्रदेश
जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
०

सुर्खेत, कात्तिक २५-
कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। कालीकोटको पलाँता गाउँपालिका(३ राढुनेटामा आज (आइतबार) दिउँसो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन्।जिपको नम्बर खुलिसकेको छैन।
जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























