अन्तर्राष्ट्रिय

चुनाव हार्‍यौँ, नतिजा स्वीकार गर्छौँः कमला ह्यारिस

Banner

काठमाडौं, कात्तिक २२-

अमेरिकी राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् ।

आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् ।

उनले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको बताइन् । शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनले उल्लेख गरिन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>