देश/प्रदेश

आफ्नै घरमा झिलीमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

Banner

दाङ, कात्तिक २१-

झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर आज (बुधबार) बिहान दाङको तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा श्रेष्ठलाई करेन्ट लागेको थियो।

उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>