अन्तर्राष्ट्रिय

जर्जिया उल्ट्याए ट्रम्पलेः ट्रम्प २४६, ह्यारिस २१०

Banner

काठमाडौं,कात्तिक २१-

डोनाल्ड ट्रम्पले दोस्रो ब्याटलग्राउन्ड स्टेट जर्जिया जितेका छन्। यससँगै यहाँको १६ इलेक्टोरल मत ट्रम्पको खल्तीमा परेको छ। सन् २०१६ मा ट्रम्पले यो राज्यमा जितेका थिए। तर, २०२० मा उनी यहाँ हारेका थिए। यसपटक फेरि मतदाताले ट्रम्पलाई रोजेका छन्।

यससँगै ट्रम्पले जम्मा २४६ इलेक्टोरल मत जितेका छन्। २७० मतको लक्ष्य अझ उनको नजिक भएको छ। कमला ह्यारिसको भने विकल्प साँघुरिँदै गएको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>